वेस्टर्न युनियनको ‘क्यास उत्सव’ योजना, ‘लक्की ड्र’मा ५ लाख जित्ने मौका

काठमाडौं । दशैं र तिहारको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘क्यास उत्सव’ प्रबद्र्धन योजना ल्याएको छ । यस योजना अनुसार कम्पनीका विभिन्न रेमिटबाट पैसा प्राप्त गर्ने ग्राहकमध्येबाट एकजना भाग्यमानी ग्राहकले ५ लाख रुपैयाँ नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।

 

यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्टहरु टीटी  रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक. र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

 

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् ।

 

यो योजना असोज १ गतेबाट कार्तिक २५ गतेसम्म लागू गरिनेछ । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा १ जना भाग्यशाली विजेताले नगद ५ लाख रुपैयाँ जित्न सक्नेछन् । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरि भुक्तनि दिइने छ ।

 

‘वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं । नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको ‘ क्यास उत्सव’ प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं । यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाड्दै हाम्रो ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो,’ वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले भने ।

 

चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा सहायता कक्ष Read Previous

चाडवाड लक्षित ट्राफिक व्यवस्थापन योजना : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा सहायता कक्ष

उद्योगीले हैरान बनाएका उखु किसानलाई सरकारले पनि झुक्यायो, पाएनन् अनुदान Read Next

उद्योगीले हैरान बनाएका उखु किसानलाई सरकारले पनि झुक्यायो, पाएनन् अनुदान