राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिने, कहाँ-कहाँबाट साट्न पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज ४ गते)देखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।

 

राष्ट्र बैंकका अनुसार आजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयबाट सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।

 

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँ नोट वितरण गर्न लागेको पछि राष्ट्र बैंकले जनाएको छ ।

 

एक व्यक्तिले अधिकतम् १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट पाउने राष्ट्र बैंकले जनाएको छ । एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एकरएक बन्डल नयाँ नोट पाउने छन् ।

 

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट उपलब्ध गराइसकेको छ । बैंकहरुले आफ्ना खास ग्राहकहरुलाई नयाँ नोट वितरण गर्न शुरु गरिसकेका छन् । यद्यपि, थोरै नोट आएको भन्दै सबै ग्राहकलाई भने दिने गरेका छैनन् ।

संविधान दिवस : महिला सशक्तीकरण बिना कसरी सम्भव होला आर्थिक समृद्धि ? Read Previous

संविधान दिवस : महिला सशक्तीकरण बिना कसरी सम्भव होला आर्थिक समृद्धि ?

विद्युतीय गाडीको प्रयोग बढ्दै, तर परीक्षणका लागि छैन मापदण्ड र ल्याब Read Next

विद्युतीय गाडीको प्रयोग बढ्दै, तर परीक्षणका लागि छैन मापदण्ड र ल्याब