सिटिजन्स् बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनल गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण घोषणा गरेको हो ।

 

बैंक सञ्चालक समितिको भदौ ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सहित कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 

गत आर्थिक वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ९४ करोड ६६ लाख रहेको छ । सोबाट बैंकले १ अर्ब ४५ करोड २७ लाख ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

 

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बैंकले ३.६३ प्रतिशत बोनस शेयर र १.६४ प्रतिशत नगद गरि कूल ५.२७ प्रतिशत लाभांश वितरण गरेको थियो।

पर्यटनमन्त्री योगेश भट्टराईको १४१ बुँदे घोषणा र त्यसको कार्यान्वयन Read Previous

पर्यटनमन्त्री योगेश भट्टराईको १४१ बुँदे घोषणा र त्यसको कार्यान्वयन

हाइब्रिड गाडीमा सरकारले दिएको छुट व्यवसायीले गलत बाटोबाट लिन खोजे : अर्थमन्त्री Read Next

हाइब्रिड गाडीमा सरकारले दिएको छुट व्यवसायीले गलत बाटोबाट लिन खोजे : अर्थमन्त्री