पर्यटनमन्त्री योगेश भट्टराईको १४१ बुँदे घोषणा र त्यसको कार्यान्वयन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले प्रमुख प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गरेका छन् ।

 

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराइले आर्थिक वर्ष २०७६/७७ का लागि १ सय ४१ कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

 

उनले हवाई क्षेत्रको व्यवस्थापन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन, साँस्कृतीक सम्पदाको संरक्षण तथा प्रर्वद्धन लगायतका कार्यक्रमहरु सार्वजनिक गरेका थिए । यसको प्रभावको विषयमा चर्चा सुरु भएको छ ।

 

कानूनी तथा नीतिगत सुधार सम्बन्धी योजना

 

मन्त्री भट्टराइले कानूनी नीतिगत सुधार अन्तर्गत मन्त्रालयको कार्यक्षेत्रसँंग सम्बन्धित संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन तथा नयाँ ऐन नियमको तर्जुमा र संशोधन गरिने कुरा कार्ययोजनामा समावेश गरेका छन् ।

 

यस्तै, नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको कालोसूचीबाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्न आवश्यक नयाँ कानूनहरु तर्जुमा गर्ने, पर्यटन क्षेत्रको विकासका लागि नयाँ ऐनको मस्यौदा तयार गर्ने, लुम्बिनी, पशुपति र जनकपुर क्षेत्र विकास परिषदका नयाँ कानून तर्जुमा गर्ने योजना राखेका छन् ।

 

साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहसमेतको समन्वय र साझेदारी हुने गरी छाता कानून बनाउने, वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा संचालन गर्न आवश्यक कानूनी सुधार गर्ने, यात्रुलाई अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुपको बीमा सम्बन्धी कानुनको व्यवस्था गर्ने कार्ययोजना बनाइएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार सम्बन्धी योजना

 

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको यस विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने, ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने, विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने जस्ता बिषय कार्ययोजनामा परेका छन् ।

 

यस्तै, विमानस्थलमा बायोमेट्रिक यात्रुजाँच प्रविधि, अनलाइन भिषा र इ–पेमेन्टको प्रबन्ध मिलाउने, अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाउने कार्ययोजनामा समेटिएको छ ।

 

चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारको झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने ।

 

विमानस्थलमा सम्माननीय उपाधी दिइएका व्यक्तिका सवारीलाई मात्र भित्र जान दिने, विमानस्थलबाट संचालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने, पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने योजना रहेको छ ।

 

सूचना डेस्कमा धेरै पर्यटक आउने प्रमुख मूलुकका नागरिकले बोल्ने (अंग्रेजी, चिनिया र हिन्दी) भाषाका सहयोगी तथा सूचना ब्रोसर राख्ने विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने योजना रहेको छ ।

 

नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी योजना

 

नेपाल भ्रमण वर्ष २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउन प्रमुख १० ओटा स्रोत बजारहरुको पर्यटक आगमन, प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने कार्य योजना बनाएका छन् ।

 

अंग्रेजी नयाँ वर्षमा विभिन्न देशका पर्यटन मन्त्रीहरुलाई सहभागी गराउने, नेपालका प्रमुख प्राकृतिक तथा साँस्कृतिक सम्पदा अंकित विशेष पोष्ट कार्ड बनाई पर्यटकहरुलाई वितरण गर्ने, गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने कार्ययोजना रहेको छ ।

 

नेपालमा तथा विभिन्न देशहरुमा हिमाल आरोहीहरुको भेला, गोष्ठी सेमिनार गर्ने, हिमालको नामाकरण र रोयल्टी छुटको व्यवस्था मिलाउने मन्त्रालयको योजना रहेको छ ।

 

नेपालमा पर्यटन लगानी सम्मेलन आयोजना गर्ने, पर्यटकलाई काठमाण्डौ, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रीकालीन सम्पदा यात्राको शुरुवात गर्ने कार्ययोजना रहेको छ ।

 

चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारको झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने ।

 

पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२ हजार जनशक्तिलाई क्षमता विकास तालिम प्रदान गर्ने योजना रहेको छ ।

 

नेपाल वायुसेवा निगमको सुधार

 

नेपाल वायुसेवा निगमकोवाइडबडी रियाद र गोन्जाउ उडान गर्ने, सबै विमानहरु सञ्चालनमा ल्याउने, थप गन्तव्यको उडानको व्यवसायिक कार्ययोजना बनाउने, अनलाइन टिकटको व्यवस्था गर्ने, ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजनामा उल्लेख छ ।

 

निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल (बारा) को निर्माण लगानीको मोडाटिली तयार गर्ने, टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने,वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने योजना रहेको छ ।

 

विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ सटल बसबाट सेवा दिने, उडान रद्द र ढिलाइको जानकारी कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।

 

नागरिक उड्डयन क्षेत्रको सुधार सम्बन्धी योजना

 

७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी कार्ययोजना अघि बढाइने, उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्रा्ष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने, सबै प्रदेशका राजधानी जोडिनेगरी अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने कार्ययोजनामा उल्लेख छ ।

 

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको सिभिल मेकानीकल कार्य डिसेम्बर भित्र सम्पन्न गर्ने र ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने, विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न प्रोत्साहन प्याकेज घोषणा गर्ने योजना रहेको छ ।

 

निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल (बारा) को निर्माण लगानीको मोडाटिली तयार गर्ने, टांगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने,वन तथा वातावरण मन्त्रालयसंग समन्वय गरी वृक्षारोपणको लागि क्षेत्र पहिचान गर्ने योजना रहेको छ ।

 

सवै प्रदेश राजधानीका विमानस्थलहरुलाई कम्तिमा ७० सिट भन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने, सुर्खेत र भरतपुर विमानस्थलको विस्तार कार्य अघि बढाउने कार्ययोजनामा समावेस छ ।

 

प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने, त्रिभुवन विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्नरामेछाप विमानस्थलको स्तरोन्नती गर्ने, साना जहाजहरुको उडान निरुत्साहन गर्दै ठूला जहाजलाई प्रोत्साहन गर्ने कार्ययोजना रहेको छ।

 

संस्कृति तथा पुरातत्व क्षेत्र सम्बन्धी योजना

 

भूकम्पले क्षतिग्रस्त विश्व सम्पदा सूचीमा रहेका सम्पदा समेत ३८९ सम्पदाको पुनर्निर्माण शुरुवात गरी १५० सम्पदाको पूननिर्माण सम्पन्न गर्ने, उपत्यका भित्रका विश्वसम्पदाहरुमा युनेस्कोको समन्वयनमा कार्ययोजना बनाइ कार्यान्वयन गर्ने, योजना रहेको छ ।

 

धार्मिक क्षेत्र विकास सम्बन्धी योजना

 

पशुपतिमा हुने सन्ध्या आरती यूट्युव मार्फत प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाउने, असक्त, बृद्धलाई पशुपतिनाथ मन्दिरको चारै ढोकासम्म पुग्नका लागि आवश्यक भौतिक पूर्वाधार र पर्याप्त संख्यामा ह्वीलचेयरको व्यवस्था गर्ने, पशुपतिनाथ क्षेत्रमा थप पाँचवटा विद्युतीय सवारी साधन संचालन गर्ने, आधुनिक शौचालयको व्यवस्था गर्ने योजनामा उल्लेख छ ।

 

लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने आध्यात्मीक केन्द्र निर्माण सम्पन्न गर्ने, लुम्बिनी क्षेत्र भित्र ५ लाख फलफूल लगायतका विभिन्न विरुवा वृक्षरोपण गर्ने योजनामा उल्लेख छ ।

 

पशुपति परिसरमा डिजीटल कम्प्लेन बक्सको व्यवस्था गर्ने, दाहसंसकार गर्ने विद्युतीय मेसिन विस्तार गर्ने र सेवालाई नियमित बनाउर्ने योजना रहेको छ ।

 

यस्तैलुम्बीनीमा गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहांसिक कथा तथा बुद्धका सन्देश समेतलाई समेटेर डकुमेन्टी बनाउने, आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउने गरी वातानुकुलीत डार्क च्याटिङ रुम नियमित संचालनको व्यवस्था गर्ने, बुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतम बुद्ध र मायादेवी लगायतका प्राचीन, ऐतिहांसिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउन अध्ययन गरी यसको प्रबन्ध गर्ने योजना रहेको छ ।

 

लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने आध्यात्मीक केन्द्र निर्माण सम्पन्न गर्ने, लुम्बिनी क्षेत्र भित्र ५ लाख फलफूल लगायतका विभिन्न विरुवा वृक्षरोपण गर्ने योजनामा उल्लेख छ ।

 

यस्तै जनकपुर रामजानकीका ऐतिहासिक प्राचीन कथालाई समेटी डकुमेन्टी तयार गर्ने, आधुनिक बिवाह मण्डप निर्माण गर्ने योजना रहेको छ ।

 

मन्त्रालय र अन्तर्गतबाट भएका कार्यसम्पादनको पारदर्शिता र सूचनामा सहज पहुँचका लागि मन्त्रालयमा सुचना केन्द्र स्थापना, राष्ट्रिय अभिलेखालयका महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक दस्तावेजहरुको थप ५० हजार पानालाई डिजीटलाइज गर्ने, मौसम पूर्वानुमानको सूचना नियमित रुपले उपलब्ध हुने प्रबन्ध मिलाउने कार्ययोजनामा समावेश छ ।

पशुपतिको आरती यूट्युबबाट प्रत्यक्ष प्रशारण गरिने Read Previous

पशुपतिको आरती यूट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

सिटिजन्स् बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, १५ प्रतिशत लाभांश दिने Read Next

सिटिजन्स् बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, १५ प्रतिशत लाभांश दिने