पशुपतिको आरती यूट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पशुपतिको सन्ध्या आरती यूट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने बताएका छन् ।

 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

 

यस्तै, उनले पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने योजना रहेको बताए । उनले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि कार्ययोजनामा उल्लेख गरेका छन् ।

 

उनले तीनकुने–गौशाला सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । यस सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गर्ने आफ्नो कार्ययोजनामा रहेको बताएका छन् ।

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट Read Previous

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

पर्यटनमन्त्री योगेश भट्टराईको १४१ बुँदे घोषणा र त्यसको कार्यान्वयन Read Next

पर्यटनमन्त्री योगेश भट्टराईको १४१ बुँदे घोषणा र त्यसको कार्यान्वयन