ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

 

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

त्रिभुवन विमानस्थललाई व्यवस्थित गरी छिटो छरितो सेवा प्रवाह गर्न बुटिक एयरपोर्ट बनाउने, ब्यागेज क्लियरेन्स ३० मिनेटमा ल्याउने, २४ सै घन्टा सन्चालनको वातावरण बनाउने, ट्रान्जिट यात्रीका लागि छुट्टै व्यवस्था गर्ने योजना रहेको बताए ।

 

यस्तै, उनले हवाई क्षेत्रलाई व्यवस्थित र भरपर्दो बनाउन साना जहाजलाई काठमाडौंमा निरुत्साहित गर्ने, ठूलालाइ मात्र प्रोत्साहित गर्ने, निजगढ विमानस्थलको लगानी मोडालिटी तयार पार्ने, वन तथा वातावरण मन्त्रालय सङ्ग समन्वय गरि साइट क्लियरेन्स गर्ने, क्षेत्रिय विमानस्थललाई स्तरोन्नति गर्ने लगायतका योजना रहेको बताए ।

 

चाबहिल–साँखु सडक विस्तार चालू वर्षमा सम्पन्न हुने Read Previous

चाबहिल–साँखु सडक विस्तार चालू वर्षमा सम्पन्न हुने

पशुपतिको आरती यूट्युबबाट प्रत्यक्ष प्रशारण गरिने Read Next

पशुपतिको आरती यूट्युबबाट प्रत्यक्ष प्रशारण गरिने