काठमाडौं । सरकारले निजी सवारी साधनमा इलेक्ट्रीक र हाइब्रिड गाडीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न नीति बनाएर हाइब्रिडमा कर छुटको व्यवस्था गरेको भएपनि व्यापारीले त्यसको गलत तरिकाले फाईदा लिन खोजेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रोष प्रकट गरेका छन् ।
उनले व्यवसायीलाई सच्चदै सरकारको भावना अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । १४ औँ संस्करणको नाडा अटो शो २०१९ को कामठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै अर्थमन्त्रीले उक्त कुरा बताएका हुन् । सरकारको मर्म र भावना अनुसार काम गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे ।
नेपालमा नै बिद्युतीय गाडी उत्पादन गर्न चाहनेले कम्तीमा २० प्रतिशतसम्म भ्यालु एड गर्नु पर्ने र त्यस्ता उद्योगलाई २०–२५ प्रतिशत कर छुट दिनसकिने भन्दै त्योभन्दा कममा उद्योग चलाउने कुरा गरेर केही फाइदा नहुने उनले बताए ।
पूर्वाधार निर्माणमा इतिहाासमै सबैभन्दा धेरै बजेट छुट्टाएको भन्दै उनले सडक सुरक्षा वापत उठेको कर त्यहि क्षेत्रमा खर्च गर्न सम्बन्धीत मन्त्रालयलाई भनिएको उनले जानकारी दिए ।
साथै उनले कार्यक्रममा करसम्बन्धी विवाद बोर्ड गठन गरेर समस्या गर्ने र प्रदर्शनीस्थलको समस्या समाधान गर्न निजी क्षेत्रसँग मिलेर निर्माण गर्ने बताए ।