सरकारले २४ स्टील उद्योग मास्न खोजेको भन्दै व्यवसायीको आपत्ति

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत स्पञ्ज आइरन आयतमा भन्सार र अन्तःशुल्कमा छुट दिने घोषणा गरेसँगै सिधै ब्लेड आयात गरेर संचालन भइरहेका उद्योगीले यो व्यवस्था तत्काल कार्यान्वयनमा नल्याउन दबाब दिएका छन् ।

 

व्यवसायीहरुले यो व्यवस्था राम्रो भए पनि सरोकारवाला निकायसँग सल्लाह नै नगरी कार्यन्वयन गर्दा अहिले संचालनमा रहेका २४ वटा उद्योग बन्द हुने अवस्था सृजना हुने दाबी गरेका हुन् ।

 

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उद्योगीहरुले सीमित उद्योगलाई फाइदा पुग्ने र अर्बौ रुपैयाँ उद्योग बन्द हुने अवस्था तत्काल सच्चाउन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले निश्चित समय दिएर यो व्यवस्था लागू गर्न सरकारलाई आग्रह गरेका छन् ।

 

कार्यक्रममा बोल्दै व्यवसायीहरुले सरकारको नीतिको कारण तत्काल सबै उद्योग बन्द गर्नु पर्ने अवस्था आएको बताए ।

 

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार र अन्तःशुल्क छुट दिएको छ भने तयारी ब्लेड आयातमा अन्तःशुल्क वृद्धि गरेको थियो । यसअघि लाग्दै आएको प्रतिमेक्ट्रीकटन १ हजार ६५० रुपैयाँ अन्तःशुल्कलाई बढाएर २ हजार ५०० रुपैयाँ बनाएसँगै नेपालमा नै ब्लेड उत्पादन गर्ने र ब्लेड आयात गर्ने उद्योगको प्रतिस्पर्धी क्षमता सकिएको व्यवसायीहरुले बताएका छन् ।

 

यसको विरोधमा उत्रेका व्यवसायीहरुले कच्चा पदार्थमा शून्य प्रतिशत भन्सार सहशुल हुनु विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को नीति विपरीत रहेको बताए । सरकाले गरेको नयाँ व्यवस्था अनुसार बिलेट आयात गरेर डण्डी उत्पादन गर्ने कम्पनीको उत्पादन प्रतिकेजी ५ देखि ६ रुपैयाँसम्म महंगो पर्ने उनीहरुको दाबी छ ।

 

‘प्राइम विलेट नेपालमा उत्पादन हुँदैन, विदेशबाट आयात गर्नु बाध्यता हो ।, नेपालमा पत्रुलाई गालेर बनाइएको व्लेड गुणस्तर हुँनै सक्दैन । यसको प्रयोग भएका संरचना संरचना टिकाउ हुँदैन र राजश्वमा समेत असर पर्छ । यसमै हाम्रो विरोध हो’, साःख स्टीलका संचालक किरण साःखले भने ।

 

विश्व प्रसिद्ध ५०० डी ग्रेडको फलामे छडको माग उच्च भएपनि नेपालमा पत्रु मिसाएर उत्पादन हुने डण्डीमा उक्त गुणस्तर पाउन नसकिने उनिहरुको दावी थियो । साथै, उनिहरुले पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पुग्ने समेत दावी गरे । चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको र भारतमा यस्ता उद्योगहरुलाई कडा निगरानीमा राखिएको व्यवसायीहरुको दावी थियो ।

 

उनिहरुले तत्काल उत्पादन रोक्ने, विक्री वितरण बन्द गर्ने र भन्सारमा आएका सामान नछुटाउने तयारी भइरहेको समेत जानकारी दिएका थिए ।

 

बीमा कम्पनीको व्यापारमा सामुद्रिक बीमाको हिस्सा बढ्दै Read Previous

बीमा कम्पनीको व्यापारमा सामुद्रिक बीमाको हिस्सा बढ्दै

असोज ६ गतेदेखि साहस ऊर्जाको आइपीओ खुल्ने, कति कित्ता भर्न पाइन्छ ? Read Next

असोज ६ गतेदेखि साहस ऊर्जाको आइपीओ खुल्ने, कति कित्ता भर्न पाइन्छ ?