लिभोनको सल्फेट र प्याराबेनरहित श्याम्पूको ठूलो प्याक नेपाली बजारमा

काठमाडौं । नेपालकै प्रख्यात ब्राण्ड लिभोनले साधारण कपाल, सुख्खा कपाल र टुक्रीएको कपालका निम्ति सल्फेट र पाराबेनरहित नेपाली बजारमा ल्याएको छ । कम्पनीले ६५० मिलिलिटरको ठूलो प्याक विक्रीमा ल्याएको हो ।

 

मूल रुपमा ७४९ रुपैयाँ मूल्य रहेको यस उत्पादन परिचयात्मक अफर बमोजिम ६९९ रुपैयाँमा पाउन सकिन्छ । लिभोनका उत्पादनहरुमा श्याम्पु र कन्डिश्नर सल्फेट र पाराबेनरहित छन् जसका कारण कोमल कपालको स्याहार र सही ठाउँमा पैसा खर्च गर्न चाहने मानिसहरुको रोजाईमा यो पर्दछ ।

 

लिभोनको साधारण कपालको लागि प्रयुक्त श्याम्पू तीव्र पोषणका निम्ति शिया मक्खन र घ्युकुमारीले सम्बृद्ध छ, क्विनोया प्रोटिन र गहुँको प्रोटिनको लाभहरुको साथले लिभोनको टुक्रिएको कपालको लागि प्रयुक्त श्याम्पूले क्षतिलाई तीव्र सुधार गर्दछ भने आर्गन तेल र बदामको तेलका लाभहरु भएको सुक्खा कपालमा प्रयोग हुने श्याम्पूले कपाललाई तीव्र नमी प्रदान गर्दछ ।

 

वर्षौंदेखि विभिन्न श्रेणीका केशस्याहार गर्ने उत्पादनहरुको साथले लिभोन नेपाली ग्राहकहरुको पहिलो रोजाईको ब्राण्ड बन्ने अवस्थामा आइपुगेको हो ।लिभोन का नविनतम ठूला आकारका उत्पादनहरु बजारमा उसका व्यक्तिगत हेरचाह उत्पादनहरुको अनुमोदनका कारण जारी गरिएको हो ।

 

लिभोनका नयाँ श्रेणीका श्याम्पूहरु नेपाली ग्राहकहरुलाई पर्याप्त ध्यानमा राखी डिजाइन गरिएको छ । नयाँ र ठूला मूल्यका प्याकेटहरुका साथ लिभोन समकालीन र सुविधासम्पन्न केश स्याहारका उपायहरु प्रदान गर्दै नेपाली युवतीहरुको हरेक दिन सुन्दर केश हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

 

लिभोन को प्रवर्तन सल्फेट र प्याराबेनरहित सौन्दर्य प्रसाधनहरुको विश्वव्यापी ट्रेन्डकै लहर हो । सल्फेटहरु कडा क्लिंजर हुन् जसले कपालका प्राकृतिक तेल निखारेर सुक्खा र टुट्ने अवस्थामा पुर्याउँछन् । प्याराबेनहरु संरक्षक हुन् जो क्यान्सरका कारण हुन् भन्ने कुरा स्क्यानरले देखाएको छ । यी नयाँ श्रेणीका उत्पादनहरु यी दुवै रसायनबाट मुक्त छन् ।

नेपाल ल्युब आयलको लाभांश घोषणा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ? Read Previous

नेपाल ल्युब आयलको लाभांश घोषणा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ?

१८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपनको उपाधि, कति पाइन पुरस्कार रकम ? Read Next

१८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपनको उपाधि, कति पाइन पुरस्कार रकम ?