नेपाल ल्युब आयलको लाभांश घोषणा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ?

काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ ।

 

कम्पनीले वितरण योग्य नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश दिने भएको हो ।

 

कम्पनीले उक्त लाभांश पारित गर्न असोज १८ गते सोमबार २९ औं वार्षिक साधरण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भच्र्युअल माध्यमबाट हुनेछ ।

 

कम्पनीले सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्ति गर्ने, साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाह लगायत प्रस्ताव लैजाने भएको छ ।

 

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज मिति तोकेको छ । तसर्थ, असोज ४ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

५ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ? Read Previous

५ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?

लिभोनको सल्फेट र प्याराबेनरहित श्याम्पूको ठूलो प्याक नेपाली बजारमा Read Next

लिभोनको सल्फेट र प्याराबेनरहित श्याम्पूको ठूलो प्याक नेपाली बजारमा