५ माइक्रोफाइनान्सको लाभांश घोषणा, कुनको कति ?
चाणक्य पोष्ट
प्रकाशित : 9:05 am, आइतबार, भदौ २७, २०७८

Advertisement Section

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम सेयरधनीलाई लाभांश घोषणा गर्न थालेका छन् ।

 

यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट ५ वटा माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्नेहरुमा फर्स्ट माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, साधना लघुवित्त र स्वरोजगार लघुवित्त रहेका छन् ।

 

हालसम्म लाभांश गरेका लघुवित्तमध्येमा सबैभन्दा धेरै साधना लघुवित्तले २६.३२ प्रतिशत  घोषणा गरेको छ । साधनाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । स्वरोजगारले गत वर्ष जनकपुर लघुवित्तलाई प्राप्ति गरेको हुनाले बोनसमा लाग्ने कर छुट पाएको हुँदा नगद भने दिएको छैन ।

 

यस्तै, डिप्रोक्स लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

 

यस्तै, मिर्मिरे माइक्रोफाइनान्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनी गत वर्ष मर्जरका गएकाले लाभांशमा कर नलाग्ने भएकाले नगद भने छुट्याएको छैन ।

 

Advertisement Section