१८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपनको उपाधि, कति पाइन पुरस्कार रकम ?

काठमाडौं । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्।

 

१८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६(४, ६(३ ले हराएकी थिइन्।ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी भर्जिनिया वेड खेल हेर्न उपस्थित थिइन्।

 

उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाइन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन्।

 

यो जितसँगै सन् १९६८ मा भर्जिनिया वेडले जितेयता यूएस ओपन जित्ने पहिलो ब्रिटिश महिला बनेकी छन् ।यस्तै, ग्रान्ड स्लाम उपाधि जित्ने छनौट प्रतियोगिताबाट आएकी पहिलो खेलाडी, सन् २००४ मा मारिया सारापोभाले विम्बल्डन जितेयता ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छी खेलाडी, ग्रान्ड स्लाम जित्ने ब्रिटेनकी सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।सन् २०१४ मा सेरेना विलियम्सपछि एउटा पनि सेट नहारी यूएस ओपन जित्ने पहिलो खेलाडी बनेकी छन्।

 

विजयपछि ब्रिटिश महारानीले राडुकानुलाई बधाई दिएकी छन्। ‘तपाईँको सफलतामा म तपाईँलाई बधाई दिन्छु,’ महारानीले भनेकी छन्।ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गर्दै बधाई दिएका छन्।बीबीसी

लिभोनको सल्फेट र प्याराबेनरहित श्याम्पूको ठूलो प्याक नेपाली बजारमा Read Previous

लिभोनको सल्फेट र प्याराबेनरहित श्याम्पूको ठूलो प्याक नेपाली बजारमा

युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी, प्रतिकित्ता कति छ भाउ ? Read Next

युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा बन्यो सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी, प्रतिकित्ता कति छ भाउ ?