एकैदिन २ हजार बढीले चढे चन्दागिरि केबलकार, जीपलाइन पनि संचालनमा, कति लाग्छ शुल्क ?

काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केबलकार शनिबारदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

 

चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै ५ महिनापछि केबलकार सञ्चालनमा आउँदा शनिबार पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए ।

 

उनले भने, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।” उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन शनिबारदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए ।

 

यसैगरी शनिबारदेखि चन्द्रागिरिमा जीप लाइन पनि सञ्चालनमा आएको छ । शनिबार त्यहाँ पुगेकामध्ये कतिपयले जीप लाइनको मजा पनि लिएका थिए । जीपलाइन गर्न प्रतिव्यक्ति ४०० रुपैयाँ शुल्क तोकिएको छ ।

 

काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा शनिबारदेखि जीप लाइन पनि थपिएको हो ।

आजदेखि मनकामना केबलकार चल्ने, अनलाइनबाटै टिकट काट्न सकिने Read Previous

आजदेखि मनकामना केबलकार चल्ने, अनलाइनबाटै टिकट काट्न सकिने

पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम, व्यवसायी भन्छन्-घरजग्गा लिलाम हुने दिन आइसक्यो Read Next

पार्टी प्यालेसमा गरिएको अर्बौं लगानी डुब्ने जोखिम, व्यवसायी भन्छन्-घरजग्गा लिलाम हुने दिन आइसक्यो