तस्करी गरेर भारत लैजान लागेको २०३ बोरा केराउ बरामद

जलेश्वर । नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर (केराउ) बरामद गरको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर बरामद गरिएको हो ।

 

एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको ५  टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

 

बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ । त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ ।रासस

सरकारको एउटा सफल नीति, जसले जलविद्युत् उत्पादनमा फड्को मार्‍यो Read Previous

सरकारको एउटा सफल नीति, जसले जलविद्युत् उत्पादनमा फड्को मार्‍यो

सेयर बजारमा पहिरो, यी हुन् घट्दो बजारमा पनि मूल्य बढ्ने ५ कम्पनी Read Next

सेयर बजारमा पहिरो, यी हुन् घट्दो बजारमा पनि मूल्य बढ्ने ५ कम्पनी