सेयर बजारमा पहिरो, यी हुन् घट्दो बजारमा पनि मूल्य बढ्ने ५ कम्पनी

काठमाडौं । सेयर बजार आज पनि पहिरो गएको छ । हिजो झिनो अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको हो । समग्रमा यससाता नेप्से करिब १७० अंकले घटेको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार रकम साढे ९ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ५०.२८ अंकले घटेर २९२६.७४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३० कम्पनीको ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँ बढीको १ करोड ५ लाख ७७ हजार कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.६८ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक, हाइड्रोपावर र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २३० कम्पनीमध्ये जम्मा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अपी पावर झण्डै ३३ करोड र ङादी पावर २३ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

उच्च अंकले बढेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सानिमा लाइफ इन्स्योरेन्सको मूलय ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यस्तै, चन्द्रागिरि हिल्स ५.७३, खानीखोला हाइड्रोपावर ५ प्रतिशत र डिप्रोक्स लघुवित्तका सेयर मूल्य ४.२३ प्रतिशतले बढेको छ ।घट्दो बजारमा आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.८७ प्रतिशत गुमाएका छन् ।

तस्करी गरेर भारत लैजान लागेको २०३ बोरा केराउ बरामद Read Previous

तस्करी गरेर भारत लैजान लागेको २०३ बोरा केराउ बरामद

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?