डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७६/७७ को भन्दा १.०५ प्रतिशत बढी हो । लघुवित्तले सो आवमा १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

सेयर बजारमा पहिरो, यी हुन् घट्दो बजारमा पनि मूल्य बढ्ने ५ कम्पनी Read Previous

सेयर बजारमा पहिरो, यी हुन् घट्दो बजारमा पनि मूल्य बढ्ने ५ कम्पनी

अब ट्राफिकले चिट काटेकै ठाउँबाट जरिवाना तिर्न मिल्ने,  ‘क्यूआर कोड’वाला चिट प्रयोगमा Read Next

अब ट्राफिकले चिट काटेकै ठाउँबाट जरिवाना तिर्न मिल्ने, ‘क्यूआर कोड’वाला चिट प्रयोगमा