काठमाडौं । बर्जर पेन्ट्सले दशैं र तिहारलाई लक्षित गर्दै बर्जर पेन्ट्सले एक नयाँ उपभोक्ता योजना ‘बर्जर फेस्टिभ राइड’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् । यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन् ।
यसैगरी अन्य आकर्षक उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसुङ्ग एस २१ मोबाइल र ५० जनालाई सामसुङ्ग एम ०२ एस मोबाइलहरु प्रदान गरिनेछ ।
यसका साथै उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेबसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगीतामा सहभागीता जनाउन पनि सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ । योजनाका बारेमा थप जानकारी लिन इच्छुक गाहकहरुले नजिकैको बर्जर डिलरमा सम्पर्क राख्न सक्नेछन् ।
यो योजना भदौ १५ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यो योजना बर्जर ब्राण्डका वेदरकोट लङ्ग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टि डस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरुी र इजी क्लिन रेन्जको उत्पादनहरु खरीद गर्दा लागू हुनेछ ।