सानिमा लाइफको सेयर किन्नेको ओइरो, बेच्ने शून्य

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर किन्नेको ओइरो लागेको छ । बिहीबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको हो ।

 

बुधबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । ३०९ रुपैयाँ कारोबार खुलेको कम्पनीको ११ः४५ बजेसम्म सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३९ रुपैयाँमा कारोबार भएको छ । सो बेलासम्म सानिमाको १२० कित्ता कारोबार भएको छ ।

 

मूल्यमा पोजेटिभ सर्किट लागे पनि कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । कारोबार खुलेको पौने घण्टामै झण्डै ९ लाख कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन ।

 

कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

 

कम्पनीले साउन २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँदरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए । जसमा गोलाप्रथाबाट भाग्यमानी ५ लाख ४० हजारले १० कित्ताका दरले सेयर पाएका थिए ।

 

आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

बर्जरले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ राइड’ योजना, मोटरसाइकल र स्कुटर उपहार Read Previous

बर्जरले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ राइड’ योजना, मोटरसाइकल र स्कुटर उपहार

सरकारको एउटा सफल नीति, जसले जलविद्युत् उत्पादनमा फड्को मार्‍यो Read Next

सरकारको एउटा सफल नीति, जसले जलविद्युत् उत्पादनमा फड्को मार्‍यो