शुक्रबारदेखि सामलिङ पावरको आइपीओ खुल्ने, २० हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । सामलिङ पावर कम्पनले भोलि ( भदौ १८ गते)देखि आयोजना प्रभावित इलामका स्थानीयका लागि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

यसअघि कारोनाका कारण स्थगित भएको आइपीओ कम्पनीले शुक्रबारदेखि विक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ विक्री गर्ने भएको हो ।

 

निष्काशन हुने कुल ५ लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाभरीका बासिन्दाका लागि र बाँकी २ लाख कित्ता अति प्रभावित क्षेत्र इलामनगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि छुट्याइएको छ ।

 

कम्पनीको आइपीओमा असोज १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ईलामबासीले ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा नेपाल एसबीआई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका इलामशाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

९०० मेगावाटको अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु Read Previous

९०० मेगावाटको अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

बर्जरले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ राइड’ योजना, मोटरसाइकल र स्कुटर उपहार Read Next

बर्जरले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ राइड’ योजना, मोटरसाइकल र स्कुटर उपहार