नेपाल र भारत बीचको खेल हेर्न ५ हजार दर्शक रंगशाला जान पाउने, कति छ टिकटको मूल्य ?

काठमाडौं । आज हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा खेल हेर्न दिइने भएको छ ।

 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमति दिएको जनाएको हो ।

 

दर्शक मैदानमा प्रवेशका लागि एन्फाले बुधबारअनुमतिपत्र पाएको हो । नेपाल र भारतबीचको पहिलो खेलका लागि ५ हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको एन्फाले जनाएको छ ।

 

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५ः३० बजे खेल शुरु हुनेछ । दर्शकले अनलाइनबाटं टिकट किन्न सकिने व्यवस्था गरिएको छ ।एन्फाले साधरण टिकको मूल्य १ हजार रुपैयाँ र भीआइपी टिकटको मूल्य २ हजार रुपैयाँ तोकेको छ ।

 

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ । दुवै देशले चार खेलमा बराबरी खेलेका थिए । भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ ।

 

विश्व फुटबल महासङ्घ (फिफा)को बरियाताअनुसार पुरुष फुटबल टोलीतर्फ भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेको छ ।

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष ढुंगाना निलम्बन, छानबिन समिति गठन Read Previous

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष ढुंगाना निलम्बन, छानबिन समिति गठन

इम्बोष्ड नम्बर प्लेट जडानमा यातायात विभाग असफल, ५ वर्षमा जम्मा १९ हजारमा जडान Read Next

इम्बोष्ड नम्बर प्लेट जडानमा यातायात विभाग असफल, ५ वर्षमा जम्मा १९ हजारमा जडान