एशियन कङ्क्रिटोले पायो नेपालकै पहिलो कङ्क्रिटो उद्योगको रुपमा नेपाल गुणस्तर

काठमाडौं । एशियन कंक्रिटाले नेपाल गुणस्तर मापदण्ड अनुसार निर्माणजन्य सामाग्रीको उत्पादन शुरू गरेको छ । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माण सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन शुरू गरेको हो ।

 

पायोनियर एशियन कंक्रिटोले वैशाख ७ मा नेपाल गुणस्तर तथा नापतौल विभागबाट निर्माणजन्य सामाग्री उत्पादनमा नेपाल गुणस्तर चिह्न (एनएस) पाएपछि सोही मापदण्डअनुसार विभिन्न सामग्री उत्पादन गर्दै आइरहेको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए ।

 

‘नेपालमा यस्ता सामाग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले युरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामाग्री बनाइरहेका थियौं,’ अध्यक्ष रुङ्गाटाले भने,’ ‘तर, नेपाल सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एशियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ ।’

 

उद्योगले हाल ३० प्रकारका विभिन्न निर्माणजन्य सामाग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक अनिल जाटियाले बताए ।
यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो प्रडक्ट हुन् । कर्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको छ ।

 

सरकारले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको प्रडक्ट मात्रै प्रयोग गरेमा अर्बौं रुपैयाँ वार्षिक मर्मत सम्भारबापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट श्यामल झाले बताए ।

 

‘विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रडक्ट बनेका थिएनन् । उद्योग पनि लागिसकेका थिएनन् । बाध्य भएर सरकारले गुणस्तरहीन प्रडक्ट प्रयोग गरिरहेको थियो,’ झाले भने, ‘अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरलक ब्लक बन्न थालिसकेका छन् ।’ सरकारले पनि अब बन्ने पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लािग योजना अघि पने उनले बताए ।

 

उद्योगले बनाइरहेको कर्बस्टोन सडकको छेउ किनरा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लकले फूटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन सकिन्छ ।

 

गुणस्तरीय इन्टरलक ब्लकबाट भित्रि तथा शहरी सड़क बनाउँदा टिकाउ, दिगोपना, वातारणमैत्री र मर्मतसम्भारमा लाग्ने खर्च समेत जोगाउन सकिने झाको भनाइ छ ।

 

गौरवका आयोजनामा प्रयोग

 

सो कम्पनीले उत्पादन गरेका कङ्क्रिटका निर्माण सामग्री राष्ट्रिय गौरवका आयोजनादेखि सडकपेटीसम्म प्रयोगमा ल्याइएको छ ।

 

कालोपत्रको विकल्पका रुपमा सहरका भित्री सडकमा कङ्क्रिटका निर्माण सामग्रीको प्रयोग भएमा सहरी सौन्दर्य बढ्नाका साथै वातावरणमैत्री हुने, वर्षाको पानी जमिनमुनि पठाउन सकिने र फोहोरमैला नदेखिने र एकपटक प्रयोग गरेपछि पुनः प्रयोगमा ल्याउन सकिने भएकाले यसको उपयोगिता निकै रहेको उनको भनाइ छ ।

 

उद्योगका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा, पथैलिया–वीरगञ्ज छ लेनको सडक, बारा–पर्सा जनता आवास, इटहरी–विराटनगर–६ लेन सडक परियोजना, मदन भण्डारी लोकमार्ग, सिभिल हस्पिटल, अम्ब्रेला स्ट्रिट भरतपुर, पोखराको चिप्लेढुङ्गा, बीपीचोक, पोखरा लेकसाइडको शान्तिनगर, ललितपुरलगायत देशैभरका विभिन्न आयोजनामा समेत प्रयोग हुँदै आएको कम्पनीका अध्यक्ष रुङ्गटाले जानकारी दिए ।

 

सरकारले यससम्बन्धी मापदण्ड बनाइसकेको छ । अब सरकारले निर्माण गर्ने पूर्वाधारमा इन्टरलक ब्लकको प्रयोगलाई बढावा दिनुपर्ने उनको भनाइ छ । सरकारले गुणस्तरीय इन्टरलक ब्लक तथा कर्बस्टोन प्रयोग गरेमात्रै सुन्दर शहरको परिकल्पनालाई साकार पार्न सकिने उनले बताए ।

 

साथै,वातावरणलाई संरक्षण, मर्मतसम्भारमा लाग्ने खर्चलाई न्यूनीकरण गर्न यस्ता प्रडक्टको प्रयोग गरेर पूर्वाधार निर्माण गर्नुपर्ने झाको सुझाव छ ।

अब आन्तरिक उडानमा यात्रुले ‘फेसशिल्ड’ लगाउनु नपर्ने Read Previous

अब आन्तरिक उडानमा यात्रुले ‘फेसशिल्ड’ लगाउनु नपर्ने

सिजनमै नेपाली जुत्ताको व्यापार सुस्त, उद्योगहरू ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन Read Next

सिजनमै नेपाली जुत्ताको व्यापार सुस्त, उद्योगहरू ३० प्रतिशत क्षमतामा मात्र सञ्चालन