काठमाडौं । अब आन्तरिक उडानमा यात्रुले फेसशिल्ड अनिवार्य रुपमा लगाउनु नपर्ने भएको छ ।
निजी वायु सेवा कम्पनीहरुले कोरोनाको दोस्रो लहरपछि आन्तरिक उडान शुरु भएको २ महिनापछि यात्रुलाई बुधबारदेखि अनिवार्य फेसशिल्ड लगाउनुपर्ने नियम हटाएका हुन् ।
फेसशिल्ड प्रयोगमा अनिवार्य नगरिए पनि वायुसेवा कम्पनीहले मास्कको प्रयोग भने अनिवार्य गराएका छन् । बुद्ध, यती, श्री लगायत वायुसेवा कम्पनीहरुले आजदेखि फेसशिल्डको प्रयोग अनिवार्य नगरिएको जनाएका छन् । यद्यपि, यात्रुले स्वेच्छिक रुपमा भने प्रयोग गर्न सक्नेछन् ।
यात्रुले आफूले प्रयोग गरेको फेसशिल्ड जथाभावी फाल्दा विमानस्थलमा फोहर हुने गरेको थियो ।
नियमित आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवा कम्पनीले एक साता अघिदेखि फेस शिल्ड प्रयोगलाई अनिवार्य नगर्नका लागि नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्दै आएका थिए।