काँकरभिट्टा नाकाबाट ३५ अर्ब व्यापार घाटा

झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।

 

गत आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

 

उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ ।

 

आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा रू ९ अर्ब ६५ करोडले आयात बढेको छ भने निर्यात तर्फसमेत रू ४ अर्ब बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए । रासस

धमाधम भण्डारण डिपो बनाउँदै निगम, दुई ठाउँमा चालु वर्षमै सम्पन्न हुने Read Previous

धमाधम भण्डारण डिपो बनाउँदै निगम, दुई ठाउँमा चालु वर्षमै सम्पन्न हुने

भदौ २५ देखि ‘नबिल ब्यालेन्स्ड फण्ड ३’को इकाई विक्रीमा आउने, कति भर्न पाइन्छ ? Read Next

भदौ २५ देखि ‘नबिल ब्यालेन्स्ड फण्ड ३’को इकाई विक्रीमा आउने, कति भर्न पाइन्छ ?