चीनबाट आएको जहाजले काठमाडौंको आकाशमा १ घण्टा फन्को मारेपछि…

काठमाडौं । चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनु परेको जनाइएको छ ।

 

मौसम खराबीले विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ । आज बिहान ६ः२९ का लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोल नजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७ः५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।

 

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलका एक उच्च अधिकारीले जानकारी दिए। ‘जहाज सामान्य एप्रोचमा आएको हुन्छ, सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको हो,’ उनले भने ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप Read Previous

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

सानिमा लाइफको आइपीओ सेयरधनीको खातामा आइपुग्यो, कहिलेदेखि हुन्छ कारोबार ? Read Next

सानिमा लाइफको आइपीओ सेयरधनीको खातामा आइपुग्यो, कहिलेदेखि हुन्छ कारोबार ?