सानिमा लाइफको आइपीओ सेयरधनीको खातामा आइपुग्यो, कहिलेदेखि हुन्छ कारोबार ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) सेयरधनीको खातामा जम्मा भएको छ ।

 

सीडीएससीले आइतबारदेखि लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउन थालेको हो । कम्पनीको सेयरले कारोबारका लागि एसएलआइ (SLI) संकेत चिह्न पाएको छ ।

 

कम्पनीले साउन २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँदरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोष र इन्स्योरेन्सका कर्मचारीका लागि समान ३३ लाख कित्ता र सर्वसाधारणका लागि ५४ लाख कित्ता छुट्याइएको थियो ।

 

कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए । जसमा गोलाप्रथाबाट भाग्यमानी ५ लाख ४० हजारले १० कित्ताका दरले सेयर पाएका थिए ।

 

अब कम्पनीको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । यसैहप्ता भित्र सेयर नेप्सेमा सूचीकृत गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्न सक्नेछन् ।

चीनबाट आएको जहाजले काठमाडौंको आकाशमा १ घण्टा फन्को मारेपछि... Read Previous

चीनबाट आएको जहाजले काठमाडौंको आकाशमा १ घण्टा फन्को मारेपछि...

सिसडोल जाने बाटो बिग्रेर फोहर नउठाएका हौं, अब केही दिनमै उठाउँछौं : मेयर शाक्य Read Next

सिसडोल जाने बाटो बिग्रेर फोहर नउठाएका हौं, अब केही दिनमै उठाउँछौं : मेयर शाक्य