बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि निष्काशन गरेको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद थप गरिएको छ ।

 

कम्पनीले साउन ३२ गतेदेखि विक्री खुला गरेको आइपीओ भने म्याद आज (भदौ १४ गते) अन्तिम तोकिएको थियो । तर, सरकारले आज कृष्ण जन्म अष्टमीको अवसरमा सार्वजनिक बिदा दिएपछि आइपीओमा आवेदन दिने म्याद १ दिन अर्थात् भोलिसम्म थप गरिएको हो ।

 

कम्पनीले साउन ३२ देखि नुवाकोटवासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।

 

थमिएको मितिमा पनि सबै सेयर सविक्री नभएमा ढिलोमा द्ददौ २९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले आइपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ८ लाख कित्ता सेयर जारी गर्नेछ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

 

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

तीनकुने 'आर्क ब्रिज' बनाउन ७ कम्पनीको आवेदन, कात्तिक भित्र ठेक्का लाग्ने Read Previous

तीनकुने 'आर्क ब्रिज' बनाउन ७ कम्पनीको आवेदन, कात्तिक भित्र ठेक्का लाग्ने

चीनबाट आएको जहाजले काठमाडौंको आकाशमा १ घण्टा फन्को मारेपछि... Read Next

चीनबाट आएको जहाजले काठमाडौंको आकाशमा १ घण्टा फन्को मारेपछि...