मारुतीलाई भारतमा २ अर्ब ३२ करोड जरिवाना, यस्तो छ कारण

काठमाडौं । गाडी उत्पादक कम्पनी मारुती सुजुकीलाई भारतले २०० करोड भारु (२ अर्ब ३२ करोड नेपाली रुपैयाँ) जरिवाना गरेको छ ।

 

कम्पिटिसन कमिसन अफ इन्डिया (सीसीआइ)ले मारुतीलाई बजार प्रतिष्पर्धाविरुद्धको काम गरेको आरोपमा उक्त रकम जरिवाना गरेको हो ।

 

कम्पनीले ग्राहकलाई छुट दिन डिलरहरुलाई रोक्ने गरेको भन्दै मारुती सुजुकी इन्डियाविरुद्ध छानबिन भइरहेको थियो । सोको जाँचबुझ गर्दै सीसीआइले मारुतीलाई जरिवाना कारबाही गरेको हो ।

 

जरिवानाको रकम ६० दिनभित्र बुझाउन सीसीआइले आदेश गरेको छ । साथै बजार प्रतिष्पर्धाविरुद्धको गतिविधि रोक्न निर्देशन दिएको छ ।

 

कुनै डिलरले ग्राहकलाई बढी छुट दिएमा कम्पनीले उक्त डिलरलाई कारबाही गर्ने गरेको थियो । साथै, छुट सीमित गर्न र अतिरिक्त छुट नदिन समेत कम्पनीले दबाब दिँदै आएको बताइएको छ ।

 

सीसीआइले सन् २०१७ मा बेनाम इमेलमार्फत प्राप्त उजुरीमाथि जाँच गर्दा कम्पनीमाथि लगाइएको आरोप सही रहेको पाइएको जनाएको छ। इमेलमा मारुती सुजुकी इन्डियाको विक्री नीति उपभोक्ता हितसँगै प्रतिष्पर्धा २००२ का प्रावधान विरुद्ध  रहेको आरोप लगाइएको थियो । एजेन्सी

‘बेल्ट एण्ड रोड’ मा सहभागीता बढ्दो, २०० बढी देशले गरे दस्तावेजमा हस्ताक्षर Read Previous

‘बेल्ट एण्ड रोड’ मा सहभागीता बढ्दो, २०० बढी देशले गरे दस्तावेजमा हस्ताक्षर

खानीखोला हाइड्रोपावरको कारोबार रोक्का Read Next

खानीखोला हाइड्रोपावरको कारोबार रोक्का