‘बेल्ट एण्ड रोड’ मा सहभागीता बढ्दो, २०० बढी देशले गरे दस्तावेजमा हस्ताक्षर

बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माण अभियानमा आकर्षण बढिरहेको बताएको छ ।

 

यस सम्बन्धमा सोमबार चीनको राज्य परिषद्को सञ्चार कार्यालयले गरेको पत्रकार सम्मेलनमा चीनका वाणिज्य मन्त्री वाङ वनथाउ, उप वाणिज्य मन्त्री एवं अन्तर्राष्ट्रिय व्यापार वार्ताका उप प्रतिनिधि वाङ शौवन, उप वाणिज्य मन्त्री छन खमिङले सम्बन्धित विषयबारे जानकारी गराएका हुन् ।

 

उक्त अवसरमा मन्त्री खमिङले सन् २०१३ यता चीनको वाणिज्य मन्त्रालयले ‘बेल्ट एण्ड रोड’को साझा निर्माणलाई अगाडि बढाउने क्षेत्रमा पाँचवटा उपलब्धि हासिल गरेको बताए ।

 

उनले चीनको व्यापार निरन्तर रुपमा सबल भएको छबताउँदै लगानी तथा सहकार्यलाई निरन्तर रुपमा उकासिएको उल्लेख गरे ।

 

पारस्परिक हित तथा साझा विजयीको व्यवसाय शृङ्खला र आपूर्ति शृङ्खलाको सिर्जना गरिएको र खासगरी सहयोगात्मक परियोजनाहरूमा प्रगति देखिएको उाले बताए ।

 

चीनले पछिल्ला बर्षहरूमा अन्तरसन्जाल तथा सहकार्य योजनालाई सबल पारेको साथै खुलापनसँगै र सहकार्यको फराकिलो मञ्च खडा गरिएको छ । महामारी बिरुद्धको सहकार्यले प्रभावकारी उपलब्धि हासिल भएको चिनियाँ अधिकारीहरूको दावी रहँदै आएको छ ।

 

चीनले हालसम्म १७२ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँग चीनसँगको ‘बेल्ट एण्ड रोड’ को साझा निर्माणसम्बन्धी २०० वटाभन्दा बढी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेको खमिङले बताए।सिन्ह्वा

नेपालगञ्ज-गुलरिया सडक ४ लेनमा विस्तार हुँदै Read Previous

नेपालगञ्ज-गुलरिया सडक ४ लेनमा विस्तार हुँदै

मारुतीलाई भारतमा २ अर्ब ३२ करोड जरिवाना, यस्तो छ कारण Read Next

मारुतीलाई भारतमा २ अर्ब ३२ करोड जरिवाना, यस्तो छ कारण