काठमाडौं । डिशहोम फाइबरनेट सेवा काभ्रेपलाञ्चोकको बनेपामा विस्तार गरेको छ । यसअघि देशका मुख्य सहरमा फाइबरनेट उपलब्ध गराएको डिशहोमले आफ्नो सेवा विस्तार गर्ने क्रममा बनेपामा पनि उपलब्ध गराएके हो ।
कम्पनीले यसअघि काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा फाइबरनेटको सेवा पुर्याइसकेको छ ।
साथै, छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, बिर्तामोड, वीरगंज लगायत अन्य स्थानमा पनि पुर्याउने कम्पनीले जनाएको छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ह्ख्इम् जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।