नेप्सेमा दोहोरो अंकको करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्ला दुई दिन लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको हो ।

 

सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज पनि साढे २० अर्ब रुपैयाँको कारोबार भएको छ । लगातार २० अर्ब बढीको कारोबार भएको आज दोस्रो दिन हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १८.२४ अंकले घटेर ३१८०.७८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२९ कम्पनीको २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ बराबरको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ ८ समूहको परिसूचक राताम्मे भएका छन् । यसअघि हाइड्रो र विकास बैंकका प्रफिट बुक गरेका लगानीकर्ता आज बीमा कम्पनीको सेयरमा आकर्षित भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह ३.१८ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२९ कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब १७ करोडको कारोबार भएको छ । यस्तै अरुण भ्यालीको पनि १ अर्ब १६ करोड बढीको कारोबार भएको छ ।

 

दोहोरो अंकले घटेको बजारमा आज जीवन विकास लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यस्तै, रिडी हाइड्रोपावर ८.५९ प्रतिशत, साना किसान लघुवित्त ७.५१ प्रतिशत, सीईडीबी हाइड्रोपार र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

घट्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । एचआइडीसीएल, खानीखोला र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

बर्दिबास रेल्वेको मुआब्जा निर्धारण, जग्गाधनीले प्रतिकट्ठा कति पाउँछन् ? Read Previous

बर्दिबास रेल्वेको मुआब्जा निर्धारण, जग्गाधनीले प्रतिकट्ठा कति पाउँछन् ?

डिशहोमको फाइबरनेट सेवा बनेपामा Read Next

डिशहोमको फाइबरनेट सेवा बनेपामा