फलाम उत्पादन गर्ने कम्पनी खोल्न सरकारको अनुमती

काठमाडौं ।  सरकारले नेपालमा रहेका फलाम उत्खनन गर्न कम्पनी खोल्न स्वीकृति दिएको छ । १० अर्ब रुपैयाँको कम्पनी दर्ता गरी फलाम उत्खनन गर्ने उद्योगमन्त्रालयले पठाएको प्रस्ताव मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो।

 

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा बनेको समितिले फलाम खानी कम्पनीको मोडेल तयार गरेको हो।

 

अब धौवादी फलाम कम्पनी लिमिटेड सञ्चालनमा आउने छ। यसमा ४५ प्रतिशत निजि क्षेत्रको शेयर हुने गरी सरकारले कम्पनी गठन गरेको छ।

 

सरकारले बजेट मार्फत १ वर्षभित्र फलाम उत्खनन् सुरु गर्ने उल्लेख गरेको थियो।

३ हजार ८ सय जनालाई सरकारी जागिरको अवसर Read Previous

३ हजार ८ सय जनालाई सरकारी जागिरको अवसर

‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गर्नु भएनः सुरज वैद्यको अन्तर्वार्ता Read Next

‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गर्नु भएनः सुरज वैद्यको अन्तर्वार्ता