सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागि रहेको छ । त्यसको लागि सरकारले भ्रमण वर्षको संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्त गरेर कामअघि बढाईरहेको छ । करिब २० लाख पर्यटक नेपाल ल्याउने र नेपालको पर्यटन पर्वद्धनमा के कसरी कामअघि बढिरहेको छ भन्ने विषयमा वैद्यसँग चाणक्य पोष्टका लागि ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको संम्पादीत अंशः
अहिलेको समयमा पर्यटन भन्ने बित्तिकै ‘सन’ (सूर्य वा घाम), ‘स्यान्ड’ (समुद्रि किनार) र ‘सेक्स’ (यौन) भनेर बुझिन्छ । तर, नेपालमा त सूर्य बाहेक बाँकी दुई छैनन् (व्यवसायीक यौन क्रियाकलापलाई कानुनी मान्यता छैन) । यस्तो अवस्थामा भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालको पर्यटनलाई कसरी प्रर्बद्धन गर्ने सोच्नु भएको छ ?
हामीले अरुलाई हेर्नुपर्ने जरुरी छैन । हामी हाम्रो संस्कृति र सम्पदाहरुलाई नै लिएर अगाडि बढ्ने हो । हामीले अहिलेसम्म हिमाल र लुम्बिनीको मात्र कुरा गर्यौं । तर, नेपालमा पर्यटनको लागि यो भन्दा धेरै सम्भावना छ भनेर हामीले बुझेका छैनौं ।
हामीले संस्कृति , साहसीक पर्यटन, ऐतिहासिक सम्पदा, वन्यजन्तु र अन्तर्राष्ट्रिय बैठक र सम्मेलनहरुलाई नै पर्यटकीय उत्पादनको रुपमा प्रर्बद्धन गर्ने योजना बनाएका छौं । हामीले नयाँ गर्नुपर्ने कुरा छैन यी भएका कुराहरुलाई नै प्रभावकारी ढंगले प्रर्बद्धन गर्ने हो ।
वन्यजन्तुलाई पनि प्रर्बद्धन गर्ने भन्नुभयो । यसमा हाम्रो प्रतिस्पर्धी क्षमता छ भन्नुहुन्छ । तर, केन्या वा अफ्रिकाका अन्य देशका विशाल घाँसे मैदानहरुमा सिंह, जेब्रा वा अर्नाका बथानहरु सँग ‘रुबरु’ हुन छाडेर गुणस्तरिय पर्यटक चितवनमा हात्ति चढेर ‘ब्रोइलर’ गैंडा हेर्न आउलान् ?
अफ्रिकामा जनावरहरुको बसाइसराईं हुने कुरासँग म सहमत छु । उनीहरुको पर्यटन र अर्थतन्त्रको ठूलो हिस्सा जंगली जनावरहरुको यस्ता बसाइसराईंले ओगटेको छ । उनीहरुले यसलाई आफ्नो पर्यटकीय उत्पादनको रुपमा प्रर्बद्धन गरेका छन् ।
तर, नेपालको पनि आफ्नै विशेषता छ । तीनवटा लोपोन्मुख जनावरहरु नेपालमा पाइन्छ । ती हिउँ चितुवा, रेड पाण्डा र बाघ हुन् । विश्व वन्यजन्तु कोषले दिएको तथ्याङ्कको आधारमा नेपाल १० वर्षमा बाघको संख्या दुई गुणा गर्ने विश्वको एकमात्र देश हो । यो ठूलो उपलब्धी हो ।
नेपालमा चराचुरुङ्गीको पनि धेरै विविधता छ । हामीसँग विश्वमा पाइने चराहरु मध्ये कुल ९ प्रतिशत छन् । भौगोलिक रुपमा विश्व मानचित्रमा हाम्रो हिस्सा जत्रो छ, त्यो हिसाबले त यो निकै ठूलो संख्या हो ।
जब कुनै विदेशीलाई नेपाल घुमेर फर्किने बेला, ‘तपाईंलाई नेपालको बारेमा के मन पर्यो ?’ भनेर सोध्ने हो भने उसले हिमाल–पहाड आदि भन्दैन । उसले भन्ने भनेकै नेपालीहरुको हँसिलो अनुहार भन्छ ।
हामी पर्यटनको रुपमा ट्रेकिङ आदिमा मात्र रमाएका कारण चराचुरुङ्गी र वन्यजन्तुको सन्र्दभमा हाम्रो पर्यटकीय क्षमता प्रस्फुटन नभएको हो । ‘रोय बेङगाल टाइगर’ भनिएको छ । तर, त्यो नेपाली हो । अब राइनो भनिन्छ, गैँडा भनिदैंन । नाम त हामीले स्थापित गर्नुपर्ने हो नी ।
नेपालको साँच्चै नै प्रतिस्पर्धी क्षमता भएको अर्को क्षेत्र भनेको हाम्रो संस्कृति र सम्पदाहरु हुन् । भ्रमण वर्षमा यसको प्रर्बद्धन कसरी हुँदै छ ?
तपाईंले भनेको यो कुरा अत्यन्तै साँचो हो । जब कुनै विदेशीलाई नेपाल घुमेर फर्किने बेला, ‘तपाईंलाई नेपालको बारेमा के मन पर्यो ?’ भनेर सोध्ने हो भने उसले हिमाल–पहाड आदि भन्दैन । उसले भन्ने भनेकै नेपालीहरुको हँसिलो अनुहार भन्छ ।
हामीसँग १ सय भन्दा बढी जातजाती र भाषा-संस्कृति छन् । यो भनेको धेरै ठूलो सम्पत्ति हो । यसलाई प्रर्बद्धन गर्न नसक्नु भनेको हाम्रो कमजोरी हो । यो क्षेत्रमा भ्रमण वर्ष २०२० मा उल्लेख्य काम हुनेछ ।

कुनै ठोस कार्ययोजना छ कि ?
भ्रमण वर्षले यसको शुरुवात गर्न, बिऊ रोप्छ । ५० वर्ष अघि नेपालमा हिमाली पर्यटनको शुरुवात भएको हो । त्यो पनि विदेशीको कारणले ।
एक फ्रेन्च नागरिकले अन्नपूर्णको आरोहण गर्नुभयो । त्यसपछि एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा चढ्नुभयो । यसले नेपालको हिमाली पर्यटनमा छलाङ लाग्यो । त्यसपछि नयाँ कुरा पर्यटनमा शुरु भएको छैन ।
कर्णालीमा हामी विश्वकै लामो र्याफ्टिङ शुरु गर्दै छौं । अहिले संसारकै लामो र्याफ्टिङ भनेको एमेजोन खोलाको १ सय ८० किलोमिटरको हो । हाम्रो कर्णालीमा हामी २ सय ४० किलोमिटरको र्याफ्टिङ शुरु गर्दैछौं । यो अत्यन्तै सुन्दर खोला हो । तीब्बतबाट शुरु हुने यो खोला गंगामा गएर मिल्छ ।
र, यो र्याफ्टिङ मात्र होइन । यो खोलामा र्याफ्टिङ गर्दा धेरै जन-जातीहरुको भाषा संस्कृतिसँग ‘रुबरु’ हुन पाइन्छ । हामी र्याफ्टिङको बीचमा गाउँहरुमा टेन्ट हालेर बस्ने व्यवस्था मिलाउने प्रयास गर्दैछौं । प्रदेश सरकारहरुसँग समन्वयको काम भइरहेको छ ।
होटलमा बसे खाना ‘फ्री’ जस्ता कामहरु गरिएका छन् । यो त संसारमै कहीँ नहुने काम हो । यो निजी क्षेत्रको समस्या हो । हामीले हाम्रो उत्पादन र सेवाको गुणस्तरमा अभिवृद्धि गर्नुपर्यो र त्यही अनुरुप त्यसको मूल्य लगाउनु पर्यो । ‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गराउनु भएन । भुटान ‘एक्जोटिक’ हामी ‘चीप’ !
यो भ्रमण वर्ष २०२० मा नै सम्पन्न हुने काम होइन । तर, यसले नेपालमा नयाँ पर्यटकीय गन्तव्यको पर्दा उर्घाछ । यस्तै मुक्तिनाथदेखि मार्फासम्म ‘साइकलिङ इन द डिपेस्ट गर्ज’ भनेर नयाँ उत्पादन बनाउँदै छौं ।
भनेपछि पर्यटन वर्ष २०२० भनेको एउटा प्रक्रियाको शुरुवात मात्र हो भन्न खोज्नु भएको हो ?
ठ्याक्कै त्यस्तो पनि होइन । धेरै कुराहरुको पहिल्यै शुरुवात भइसकेको थियो । तर, पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोणमा भने यो भ्रमण वर्षले परिर्वतन ल्याउँछ । फोहोर र अव्यवस्थित एयरपोर्टको छाप परिर्वतन गर्न बुटिक एयरपोर्टको अवधारणा ल्याइएको छ । यो हाँसी-मजाकको विषय होइन ।
हामी एयरपोर्टका प्रहरीहरु अध्यागमन लगायत अन्य कर्मचारीहरु सँग पनि समन्वय गरेर पर्यटकलाई दिने सुविधा र उनीहरुसँग गर्ने व्यवहार कसरी सुधार्ने भनेर छलफल गरिहेका छौं । नयाँ हललगायत केही पूर्वाधारहरु पनि बन्दै छन् ।
त्यसैले यो भ्रमण वर्षको उद्देश्य भनेको भएकोलाई अझ सुधार्ने र केही नयाँ शुरुवात पनि गर्ने भन्ने ने हो ।
हामीले अहिले गर्न खोजेको अर्को महत्वपूर्ण काम भनेको नेपालको हवाई यात्राको खर्च कसरी घटाउने र सस्तो हवाई यात्राको माध्यमबाट उल्लेख्य संख्यामा पर्यटक ल्याई समग्र अर्थतन्त्रलाई मद्दत पुर्याउने भन्ने पनि हो ।
अगस्ट महिनामा त्रिभुवन विमानस्थलमा प्रति लिटर इन्धन १ डलर ४ सेन्ट रहेको छ । भारत म्यान्मार लगायत देशमा ५० सेन्ट छ । नेपालमा शत प्रतिशत बढी छ । करै लिएर यति महङ्गो पार्न भएन ।
काम त्यती सजिलो पक्कै पनि छैन । नयाँ र युवा मन्त्री आउनुभएको छ । मिलेर उल्लेख्य काम गर्न सकिन्छ भन्ने विश्वासमा छु ।

भ्रमण वर्ष २०२० लाई सफल पारौं/पार्नुपर्छ भनेको धेरै सुनिन्छ । यसको सफलताको मानक तपाईंको नजरमा के हो ?
सुविधा हो । सहज रुपमा हँसिलो अनुहारले आएका मानिसहरुलाई स्वागत गर्न सकियो भने त्यो नै हाम्रो सफलता हो । सफलताको अर्को मानक भनेको हाम्रो पहिचान स्थापित गर्नु हो ।
रामायण सर्किट भनेर भारतले प्रचार गरिरहेको छ । तर, वाल्मिकीले रामायण लेखेको देवघाटको पहिचान स्थापित गर्न सकिएको छैन । यस्ता सम्पदाहरुको पहिचान स्थापित गर्न सके त्यो पनि हाम्रो सफलता हुनेछ ।
पर्यटकको आगमनले त सबैलाई छुन्छ । ठूलो संख्यामा पर्यटक आएपछि तरकारी र मासु खुवाउनु पर्दा नेपालका कृषकलाई पनि छुन्छ । उनीहरुलाई पनि सक्रिय पार्नुपर्छ । भारतबाट तरकारी र मासु ल्याए खुवाएर त भएन नी । यसले त ट्याक्सी ड्राइभर र डकर्मीलाई पनि छुन्छ । नयाँ होटल बन्दा डकर्मी त चाहियो ।
भारतीय प्रधानमन्त्री अहिले योगाको विश्वव्यापी प्रबद्र्धन गर्दैहुनुहुन्छ । तर, योगा जन्मेको त हिमालमा हो नी । हिमाल त नेपालमा छ । आध्यात्मिक ‘वेलनेस’ को पहिचान हामीले स्थापित गर्न सकेका छैनौं । यो गर्न सके हाम्रो उपलब्धी हुनेछ ।
२० लाखको संख्या पार गर्ने भन्ने नेपाल सरकारको लक्ष्य छ । त्यो सहजै पुग्ने सम्भावना म देख्छु । जहाँसम्म पर्यटकको दैनिक खर्चलाई ४३ डलर बाट बढाएर ६३ डलर पुर्याउने भन्ने कुरा छ, यसमा भने निजी क्षेत्रको ठूलो भूमिका देख्छु म ।
१५ वर्ष अघि नेपालमा र्याफ्टिङ गर्दा पर्यटकले १ सय ६० डलर तिथ्र्यों । तर, हामी अहिले ६० डलरमा त्यही उत्पादन बेचिरहेका छौं । यसको दोष त सरकार वा खोलालाई दिन सकिदैन नी । हामीले हाम्रो उत्पादनहरुको अवमूल्यन गरेका छौं ।
होटलमा बसे खाना ‘फ्री’ जस्ता कामहरु गरिएका छन् । यो त संसारमै कहीँ नहुने काम हो । यो निजी क्षेत्रको समस्या हो । हामीले हाम्रो उत्पादन र सेवाको गुणस्तरमा अभिवृद्धि गर्नुपर्यो र त्यही अनुरुप त्यसको मूल्य लगाउनु पर्यो । ‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गराउनु भएन । भुटान ‘एक्जोटिक’ हामी ‘चीप’ !

हाम्रो देशमा अहिले पर्यटनको सिजन भनेको वर्षको शुरु र अन्त्यमा मात्र हो । बिचको मनसुनमा हाम्रोमा पर्यटन आउँदैनन् । यस्तो समयमा हामीले भारतमा केन्द्रित भएर बढी भन्दा बढी ठूला बैठकहरु र ‘कन्फ्रेन्स’हरु गर्न खोजिरहेका छौं ।
सम्पदा सम्बन्धी एउटा ठूलो अन्तर्राष्ट्रिय बैठक र बिमिस्टेकको मन्त्री स्तरीय बैठक पनि हामी गर्न खोजिरहेका छौं । पर्यावरण सम्बन्धी ठूलो बैठक गर्ने पनि हाम्रो प्रयास छ । युवा उद्यमीहरुको ठूलो कन्फ्रेन्स गर्ने पनी हाम्रो योजना भित्र छ । यस्ता कार्यक्रमहरुले हाम्रो होटलहरुको ‘अकुपेन्सी’ बढाउँछ । यो हाम्रो अर्को सफलताको मानक हो ।
पर्यटकलाई हँसिलो अनुहारले स्वागत गर्ने भन्नुहुन्छ । २० लाखको संख्या पनि सजिलै पुग्ने दाबी गर्नुहुन्छ । तर, नेपाल वायुसेवा निगमको जहाज कहिल्यै समयमा उड्दैन । घण्टौं ढिलो भएको जहाज चढेर आएका पर्यटक एयरपोर्टमा नेपालीको ‘हँसिलो’ अनुहार देखेर झन् झिंजो पो मान्लान् की ?
यसमा परिर्वतन ल्याउन प्रयास गर्छौं । नेपाल वायुसेवा निगम भनेको आफैंमा एउटा संस्था हो । यसका कमीकमजोरीहरु छन् । संभावनाहरु पनि छन् । अहिले उनीहरुसँग ४ वटा जहाज छ । त्यसको आन्तरिक व्यवस्थापनको काम उनीहरुले नै गर्ने हो ।
हामीले विगत ३ वर्षको नेपालको पर्यटकहरुको संख्या वृद्धिको ‘ट्रेण्ड’ हेर्ने हो भने १५ लाख त्यही ट्रेण्ड अनुरुप नै पुग्छ । हामीले सरकारको लक्ष्य पूरा गर्नका लागि अतिरिक्त ५ लाख पर्यटक मात्र ल्याउनु पर्ने हो ।
यसका लागि हामीले अन्य एयरलाइन्सहरुसँग पनि कुरा गरिरहेका छौं । उनीहरुलाई केही सुविधा दिएर अझ सक्रिय पार्न सकिन्छ ।

चार्टर फ्लाइटको कुरा पनि भइरहेको छ । बुद्ध जयन्तीको अवसरका वृहत कार्यक्रम गर्न सक्यौं भने कम्बोडिया, म्यान्मार, सिङ्गापुर आदि देशहरु र काठमाडौंबीच चार्टर फ्लाइट चलाउन सकिन्छ । नेपाल एयरलाइन्सका आफ्ना समस्या छन् । त्यसमा सुधार हुँदै जाओस् भन्ने हाम्रो कामना छ ।
नेपालमा पर्यटनको विकासको लागि ट्वाइलेट जस्ता सामान्य पूर्वाधारको समेत समस्या छ । यो तपाईं एक्लैले सम्बोधन गर्न सक्ने समस्या पनि होइन । सरकार, पर्यटन बोर्ड लगायत अन्य सरोकारवालाहरु सँग तपाईंको समन्वय कस्तो छ ?
एयरपोर्टको सुधारको लागि समिति बनाएका छौं । यसमा अध्यागमन, प्रहरी लगायत सबै छौं । यसको नियमित छलफल र बैठक भइरहेको छ ।काठमाडौंको मेयरसँग पनि बसेर छलफल गरिसक्यौं । १० वटा ट्वाइलेट तुरुन्तै बनाउने भन्ने कुरा भएको छ । सम्पदा क्षेत्रहरुमा बत्ति बाल्ने र ध्वनी बज्ने कामहरु शुरु भएका छन् ।
यो हाम्रो र पर्यटन व्यवसायी मात्र काम होइन । स्थानीय निकायहरुसँग पनि सहकार्य गर्नुपर्छ भनेर बन्दिपुरको मेयर, पोखराको मेयर ठमेलको वडा अध्यक्ष आदिसँग नियमित छलफल र सहकार्यमा छौं ।
पर्यटकको आगमनले त सबैलाई छुन्छ । ठूलो संख्यामा पर्यटक आएपछि तरकारी र मासु खुवाउनु पर्दा नेपालका कृषकलाई पनि छुन्छ । उनीहरुलाई पनि सक्रिय पार्नुपर्छ । भारतबाट तरकारी र मासु ल्याए खुवाएर त भएन नी । यसले त ट्याक्सी ड्राइभर र डकर्मीलाई पनि छुन्छ । नयाँ होटल बन्दा डकर्मी त चाहियो ।
त्यसैले यसलाई सफल पार्न पूरै देश लाग्नु पर्छ । समस्या त जहाँ पनि हुन्छ । भ्रमण वर्ष सफल हुँदैन भनेर भनेको सुन्छु । शुरु नै नभइ सफल हुँदैन भनेर भएन । हुन्छ भनेर जाऔं । सबै मिलेर अघि बढौं ।
यो १ सय ८ वर्ष पुरानो घरमा बसेर हामी कार्यालय चलाइरहेका छौं । पानी पनि चुहिन्छ । मलाई छायाँ सेन्टरमा कार्यालय राख्न भनिएको थियो । तर, यो पुरानो दरबार त हाम्रो सम्पदा हो । पानी चुहिए पनि हाम्रै सम्पदा हो । यसको ‘ओनरसिप’ हामीले लिएन भने कसले लिन्छ ?
नेपालको पर्यटनको विकासमा पनि समस्या छन् । तर, समस्या भए पनि हामीले गर्नैपर्छ । हाम्रो देशको पर्यटन विकासको ‘ओनरसिप’ हामीले लिएन भने कसले लिन्छ ?

दरबारमार्गमा साइनर्बोडहरु हालेर भ्रमण वर्षको प्रचार गर्नुभएको छ । विदेशमा, अर्थात गर्नैपर्ने ठाउँमा चाहीँ भ्रमण वर्षको प्रचार कसरी गरिरहनुभएको छ ?
केही हप्ता पछि काठमाडौंमा केही परिर्वतनहरु देख्नुहुनेछ । रुख रोप्ने कामहरु शुरु हुनेछन् । माहौल बन्न शुरु हुनेछ । विदेशको सन्र्दभमा एम टिभिले यो काम गरिरहेको छ ।
हामीले हाम्रा विभिन्न देशमा रहेका राजदूतहरुबाट पनि यसको प्रचार गराइरहेका छौं । एनआरएनहरुसँग पनि सम्झौता भएका छन् । भारत र चीनमा हामी विशेष केन्द्रित छौं । बैंङगलोरमा कार्यक्रम हुँदैछ । दिल्ली, मुम्बईमा पनि कार्यक्रमहरु हुन्छन् । नेपालमा आउने एयरलाइन्सहरुलाई पनि सक्रिय पार्ने छौं ।
चीनमा पनि कार्यक्रमहरुको योजना भइसकेको छ । ट्रिप एडभाइजर भन्ने प्रख्यात पर्यटन सम्बन्धी कम्पनीसँग पनि हामीले प्रचारको लागि कुरा गरिसकेका छौं । र, ट्राभल र टुर अपरेटरहरुलाई पनि हामीले सक्रिय पारेका छौं ।