एनआईसी एशिया ब्यालेन्स फण्डमा आवेदन गर्ने समय थप

काठमाडौं । एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याएको ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’को इकाईमा आवेदन गर्ने समय ३ दिनको लागि थप भएको छ ।

 

मेरो शेयरमा आएको समस्याका कारण लगानीकर्ताबाट फण्डको इकाईमा आवेदन गर्न नपाएको गुनासो आएपछि क्यापिटलले समय थप गरी गरेको हो । अब यस फण्डमा भदौ ८ गतेसम्म आवेदन गर्न पाइने छ ।

 

क्यापिटलले गत साउन ८ गतेदेखि १० वर्ष अवधिको १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई बिक्रमिा ल्याउको थियो ।

 

कुल १२ करोड ५० लाख इकाईमध्ये बीज पूँजी बापत १५ प्रतिशत एनआइसी एशिया बैंक र एनआईसी एशिया क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड ६२ लाख ५० हजार इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन गर्न पाउनेछन्।

 

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन्। इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाखसम्म आवेदन दिन पाइने व्यवस्था छ।

 

 

‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गर्नु भएनः सुरज वैद्यको अन्तर्वार्ता Read Previous

‘नेपाल इज चिप प्लेस टु भिजिट’ भन्ने पहिचान स्थापित गर्नु भएनः सुरज वैद्यको अन्तर्वार्ता

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मौरी पर्यटन कार्यक्रम, पर्यटकलाई मह चखाइने Read Next

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मौरी पर्यटन कार्यक्रम, पर्यटकलाई मह चखाइने