भूगर्भ पीपीसी सिमेन्ट गुणस्तर परीक्षणमा फेल, विक्री वितरणमा रोक

काठमाडौं । भूगर्भ पीपीसी सिमेन्टले गुणस्तर मापदण्ड पालाना नगरेको पाइएको छ । सिमेन्टको नमूना परीक्षण गर्दा तोकिए बमोजिम मापदण्ड नभेटिएको हो ।

 

नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार भूगर्भको पीपीसी सिमेन्टको भारवहन क्षमता नेपाल गुणस्तर मापदण्ड बमोजिम नपाइएको  जनाएको छ ।

 

सिमेन्टको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ ।

 

न्यून गुणस्तरको पाइएपछि विभागले भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्टको विक्री वितरणमा रोक लगाएको छ ।

 

साथै, विभागले कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ । कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने विभागले जनाएको छ ।

 

कपिलवस्तुको शिवराज-६, मा रहेको सिमेन्ट उद्योगले भूगर्भ ओपीसीसहित अपोलो, क्र्याष्टल र देउराली ब्राण्डको पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सरकार ! सधैं 'कुलमान' खोज्ने कि विधि र पद्धति पनि बसाल्ने ? Read Previous

सरकार ! सधैं 'कुलमान' खोज्ने कि विधि र पद्धति पनि बसाल्ने ?

विद्युत् चुहावटबाट प्राधिकरणलाई ७० करोड नोक्सानी, ग्राहक ५१ लाख पुगे Read Next

विद्युत् चुहावटबाट प्राधिकरणलाई ७० करोड नोक्सानी, ग्राहक ५१ लाख पुगे