सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरको वरिष्ठ वचत खाता

काठमाडौं । समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले सर्वाधिक ब्याजदरको वरिष्ठ वचत खाता योजना ल्याएको छ ।

 

यस योजना अन्तर्गत ५८ वर्ष माथिका नागरिकले न्यूनतम मौज्दात १० हजार राखी खाता खोल्न सक्नेछन् । यस बचत खातामा वार्षिक ६.०५ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ ।

 

साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

 

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै जेष्ठ नागरिकको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

 

सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा १५ प्रतिशत छुट पाउने Read Previous

महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा १५ प्रतिशत छुट पाउने

एक महिनामा उद्योगमा २० अर्ब लगानी प्रतिबद्धता, उत्पादनमूलक क्षेत्रमा आकर्षण Read Next

एक महिनामा उद्योगमा २० अर्ब लगानी प्रतिबद्धता, उत्पादनमूलक क्षेत्रमा आकर्षण