महालक्ष्मी विकास बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यल कान्तिपुर अस्पताल प्रालिसँगसम्झौता गरेको छ ।

 

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरीर बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलज्यूले हस्ताक्षर गरे ।

 

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।

 

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज,आइसीयू, एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट पाउने छन् ।

 

साथै जेनरल बेड चार्र्ज/क्याबिन, इन्भेस्टिगेशन (ल्याब, एक्सरे, यूएसजी, इसीजी, पीएफटी लगायतमा १५ प्रतिशत को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

 

 

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, ५० हजार कित्ता भर्न पाइने Read Previous

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, ५० हजार कित्ता भर्न पाइने

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरको वरिष्ठ वचत खाता Read Next

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरको वरिष्ठ वचत खाता