काठमाडौं । विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बनाउन सहुलियतपूर्ण कर्जा पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन बनाउन सहुलियत पूर्ण कर्जा दिने व्यवस्था गरेको हो ।
सरकराले बजेट मार्फत विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सोही नीति कार्यान्वयन गर्न राष्ट्र बैंकले सहूलियतपूर्ण कर्जाको व्यवस्था गरेको हो ।
सहुलियत पूर्ण कर्जा लिँदा सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिने व्यवस्था छ ।