अब सेयर धितोमा बढीमा १२ करोड मात्र ऋण पाइने, एउटा बैंकबाट ४ करोड  (पूर्णपाठ)

काठमाडौं। अब सेयर धितोमा १२ करोडभन्दा धेरै ऋण नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा नै तोकेर यस्तो व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार अब एक व्यक्ति वा संस्थाले अधिकतम् १२ करोडसम्म मात्रै सेयर कर्जा पाउनेछन् । जसमा एउटा बैंकबाट ४ करोडसम्म र सबै संस्था गरेर बढीमा १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउनेछन् ।

 

यदि हाल कसैले सेयर धितोमा १२  करोडभन्दा धेरै ऋण लिएको भए  १ वर्ष भित्रमा त्यस्तो ऋण १२ करोड मुनि  झारिसक्नुपर्ने छ।राष्ट्र बैंकको यो व्यवस्थाले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर पर्ने देखिन्छ ।

 

सेयर धितो ऋणमा सीमा तोकेको राष्ट्र बैंकले धितो मूल्यांकनमा भने कुनै फेरबदल गरेको छैन । हालको मूल्यांकनको ७० प्रतिशत ऋण लिन पाइने व्यवस्था यथावत गरेको छ ।

 

चार्जिङ स्टेशन बनाउन पुनर्कर्जा पाइने Read Previous

चार्जिङ स्टेशन बनाउन पुनर्कर्जा पाइने

रेमिट्यान्स आएको पैसा निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने Read Next

रेमिट्यान्स आएको पैसा निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने