काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स बैंक निक्षेपमा राखे थप १ प्रतिशत ब्याज पाइने छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य निक्षेपभन्दा १ प्रतिशत बढी ब्याज दिइने व्यवस्था गरेको हो ।