मौद्रिक नीति आज आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

शुक्रबार बिहान बस्ने सञ्चालक समितिबाट पारित गरेर दिउँसो मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले अघि मात्र मौद्रिक नीतिको दफाबार छलफल गरिसकेको छ ।

 

सरकार परिर्वतन भएपछि तयारी अवस्थामा रहेको मौद्रिक नीति पनि सार्वजनिक हुन सकेको थिएन् । नयाँ सरकारले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गरी नयाँ बजेट ल्याउने बताइएसँगै मौद्रिक नीति ल्याउन ढिला गरिएको थियो ।

 

राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको अन्तिम तयारीबारे अर्थमन्त्रालयलाई ब्रिफिङ समेत गरिसकेको छ । राष्ट्र बैंकले कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित मौद्रिक नीति सार्वजनिक गर्न लागेको बताइएको छ ।

 

यस्तै, मौद्रिक नीतिमा वित्तीय स्थायित्व, वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाको पूँजी वृद्धि लगायत योजना रहेको बताइएको छ । सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीति नआउने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् ।

लक्ष्यको ९१ प्रतिशत सडक कालोपत्र, २२४ पुल निर्माण Read Previous

लक्ष्यको ९१ प्रतिशत सडक कालोपत्र, २२४ पुल निर्माण

२७ सम्पदाको पुनर्निर्माण सकियो, २० वटा अझै शुरु हुनै बाँकी Read Next

२७ सम्पदाको पुनर्निर्माण सकियो, २० वटा अझै शुरु हुनै बाँकी