इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचकमा सुधार, नाफा ५० प्रतिशत बढ्दा लाभांश क्षमता कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले खुद नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

यो अघिल्लो आव २०७६/७७ को तुलनामा ५०.६९ प्रतिशत अर्थात् १ अर्ब २३ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा, गैरसंचालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा उल्लेख्य बढेको हो ।

 

बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशतले घटेर५ अर्ब ५९ करोडमा सीमित भएको छ । यस्तै, बैंकको संचालन नाफा ४९.५० प्रतिशतले बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

 

१६ अर्ब २५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ छ।

 

असार मसान्तसम्ममा बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४.९३ प्रतिशत र कर्जा लगानी विस्तार १६.१५ प्रतिशतले सुधार भएको हो।

 

खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी १७.०५ रुपैयाँबाट बढेर २२.४६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९८.४८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.४८ गुणा, सीसीडी अनुपात ७५.१२ प्रतिशत, आधारदर ५.७४ प्रतिशत र स्प्रेडदर ३.३३ प्रतिशत र खराब कर्जा २.४६ प्रतिशत रहेको छ ।

 

साहस ऊर्जाको आइपीओ खुल्यो, साढे १० लाख कित्तासम्म भर्न पाइने Read Previous

साहस ऊर्जाको आइपीओ खुल्यो, साढे १० लाख कित्तासम्म भर्न पाइने

नेपाल बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै Read Next

नेपाल बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै