साहस ऊर्जाको आइपीओ खुल्यो, साढे १० लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । साहस ऊर्जा कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेका छ ।

 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बुका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

स्थानीयले कम्पनीको आइपीओमा भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

 

कम्पनीको आइपीओमा लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा, ग्लोबल आइएमई बैंक, सल्लेरी शाखा, माछापुच्छ्रे बैंक, सल्लेरी शाखा र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । स्थानीयालाई आइपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्नेछ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबी (डबल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

आयोजनाले हाल सोलुखुम्बुमा ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफको नाफामा झिनो वृद्धि, प्रतिसेयर आम्दानी भने घट्यो Read Previous

नेपाल लाइफको नाफामा झिनो वृद्धि, प्रतिसेयर आम्दानी भने घट्यो

इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचकमा सुधार, नाफा ५० प्रतिशत बढ्दा लाभांश क्षमता कति ? Read Next

इन्भेष्टमेन्ट बैंकको अधिकांश सूचकमा सुधार, नाफा ५० प्रतिशत बढ्दा लाभांश क्षमता कति ?