काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा न्यून वृद्धि भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आव २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा १.०५ प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बढी हो । कम्पनी अघिल्लो आवको असारसम्म ५३ कराड ३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा नेपाल लाइफले पुर्नबीमा कमिशनबाट २ करोड ६२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सले ४ रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो।अघिल्लो आवको यसै अवधिमा कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
असार मसान्तसम्ममा ७ अर्ब १८ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब १ करोड रुपैयाँ संचित छ ।
यस्तै, बीमा कोषमा १ खर्ब १२ अर्ब रुपैयाँ, महाविपत्ती कोषमा ५८ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।
हालसम्म कम्पनीले १३ लाख ८१ हजार ४३३ वटा बीमा लेखहरु जारी गरी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.६५ रुपैयाँबाट घटेर ७.४४ रुपैयाँमा सीमित भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १७३.९२ रुपैयाँबाट घटेर १२२.३० रुपैयाँमा आएको छ ।