आइएमई लाइफले क्यान्सर लागेका बीमितलाई दियो २५ लाख

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बीमाङ्कबापत २५ लाख रुपैयाँ भुक्तानी दिएको छ । इन्स्योरेन्सले क्यान्सर प्रमाणित भएका हिमाल पौडेललाई उक्त रकम भुक्तानी दिएको हो ।

 

पौडेलले २०७६ माघ २९ गते इन्स्योरेन्सको हेटौंडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी  २५ लाख बराबरको बीमा गरेका थिए ।

 

बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।

 

कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ । कम्पनीले दाबी भुक्तानी प्रकृया सहज बनाई छिटो तथा प्रभावकारी ढंगगबाट दावी भुक्तानी फछ्र्यौट गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए ।

 

उनले दाबी भुक्तानी समयमा नै हुँदा बीमित तथा आश्रित परिवारहरुलाई बीमा वापतको लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने जानकारी दिए ।

 

 

क्रिप्टोकरेन्सीमाथि अहिलेसम्मकै ठूलो हमला, ह्याकरले चोरे ७० अर्ब Read Previous

क्रिप्टोकरेन्सीमाथि अहिलेसम्मकै ठूलो हमला, ह्याकरले चोरे ७० अर्ब

विकास बैंकमा उछाल आउँदा नेप्सेमा नयाँ कीर्तिमान, यी १० कम्पनीका लगानीकर्ता मालामाल Read Next

विकास बैंकमा उछाल आउँदा नेप्सेमा नयाँ कीर्तिमान, यी १० कम्पनीका लगानीकर्ता मालामाल