क्रिप्टोकरेन्सीमाथि अहिलेसम्मकै ठूलो हमला, ह्याकरले चोरे ७० अर्ब

काठमाडौं । भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीमाथि अहिलेसम्मकै ठूलो साइबर हमला भएको छ । ह्याकरहरुले क्रिप्टोकरेन्सी प्रणालीमा ह्याक गर्दै ६० करोड डलर (करिब ७० अर्ब ८० करोड नेपाली रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका हुन् ।

 

ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका छन् । पोली नेटवर्कले ट्वीटरमार्फत् ह्याकरहरुलाई सम्बोधन गर्दै सम्पर्कमा आउन र ह्याक गरिएका डिजिटल टोकन फिर्ता गर्न अनुरोध गरेको छ ।

 

अन्ततः ह्याक गरिएको घण्टौँपछि ह्याकरहरुले कब्जामा लिएका डिजिटल टोकन फिर्ता गर्न शुरु गरे । शुरुमा सानो परिमाणमा टोकन फिर्ता गरेका ह्याकरहरुले पछि भने दशौँ लाखको संख्यामा डिजिटल टोकन फिर्ता गरे ।

 

ह्याकरलाई ट्वीटरमा लेखेको पत्रमा पोली नेटवर्कले भनेको छ, ‘तिमीहरुले ह्याक गरेको रकम विकेन्द्रित वित्तको इतिहासमै सबैभन्दा ठूलो ह्याकिङ हो । कुनैप्नि मुलुकको कानून कार्यान्वयन निकायले यसलाई प्रमुख आर्थिक अपराधको रुपमा लिनेछ र तिमीहरुलाई कानूनी दायरामा ल्याउनेछ । तिमीहरुले चोरी गरेको रकम दशौँ हजार क्रिप्टो समुदायका सदस्यहरु अर्थात् दशौँ हजार आम मानिसहरुको हो ।’

 

पोली नेटवर्कका अनुसार ह्याकरहरुले कन्ट्रयाक्ट कल्समा रहेको समस्याको फाइदा उठाउँदै क्रिप्टो प्रणाली ह्याक गरेका थिए ।

 

रिपोर्ट अनुसार ह्याकरहरुले २६ करोड ७० लाख इथर, २५ करोड २० लाख बाइनान्स क्वाइन्स तथा साढे ८ करोड युएसडिसी टोकन ह्याक गरेका हुन् ।एजेन्सी

खोप र अक्सिजन उद्योगलाई छुटैछुट, विद्युत् डिमाण्ड शुल्कदेखि पूर्वाधार निर्माणको खर्च सरकारले व्यहोर्ने Read Previous

खोप र अक्सिजन उद्योगलाई छुटैछुट, विद्युत् डिमाण्ड शुल्कदेखि पूर्वाधार निर्माणको खर्च सरकारले व्यहोर्ने

आइएमई लाइफले क्यान्सर लागेका बीमितलाई दियो २५ लाख Read Next

आइएमई लाइफले क्यान्सर लागेका बीमितलाई दियो २५ लाख