चन्द्रागिरी हिल्सको घाटा २५ करोड नाघ्यो, यस्ता छन् अन्य सूचक

काठमााडौं । चन्द्रागिरी हिल्स लिमिटेडको घाटा अघिल्लो वर्षको तुलनामा तुलनामा १४ करोड ७२ लाख रुपैयाँले बढेको छ ।

 

कम्पनीले सोमबार सार्वजनिक गरेको गत आव २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा १३८ प्रतिशत धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको घाटा १० करोड ६६ लाख रुपैयाँ मात्र थियो।

 

कोरोनाका कारण सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा उल्लेख्य रुपमा बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

 

यस्तै, अघिल्लो वर्ष अन्य स्रोतबाट २ करोड ९० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको गत वर्ष घटेर ६७ लाख २ हजारमा सीमित भएको छ ।

 

हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३९ करोड ३५ लाख ६० हजार रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६.५५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४.३५ रुपैयाँ रहेको छ।

मञ्जुश्री फाइनान्सको नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

मञ्जुश्री फाइनान्सको नाफा दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

आज पठाओ एपबाट ट्याक्सी बुक गरे भाडा तिर्नु नपर्ने Read Next

आज पठाओ एपबाट ट्याक्सी बुक गरे भाडा तिर्नु नपर्ने