आज पठाओ एपबाट ट्याक्सी बुक गरे भाडा तिर्नु नपर्ने

काठमाडौं । राइडिङ सेयर पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो वार्षिकोत्सवको अवसरमा पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ अफर ल्याएको छ।

 

आज (सोमबार) दिउँसो २ बजेदेखि २ः०२ मिनेटसम्म (२ मिनेट)पठाओको मोबाइल एप मार्फत ट्याक्सी बुकिङ गर्ने सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

 

पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ। ८ हजार पठाओ ट्याक्सी भएको पठाओ नेपालमा हाल दैनिक २ हजार ५०० सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन्।

 

ड्राइभरले मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजरको समेत व्यवस्था हुने भएकाले सुरक्षीत हुने बस्न्यात बताउँछन् । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज छ ।

 

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा चालक र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

 

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा समेत शुरु गरेको थियो।

 

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले पठाओ बजारु पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परिक्षणका क्रममा रहेको कम्पनीले जानकारी दिएको छ।

चन्द्रागिरी हिल्सको घाटा २५ करोड नाघ्यो, यस्ता छन् अन्य सूचक Read Previous

चन्द्रागिरी हिल्सको घाटा २५ करोड नाघ्यो, यस्ता छन् अन्य सूचक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधि १ वर्ष थप, अझै १८ प्रतिशत काम बाँकी Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवधि १ वर्ष थप, अझै १८ प्रतिशत काम बाँकी