नेपाल बंगलादेश बैंकको नाफा झन्डै दोब्बरले वृद्धि, वितरण योग्य नाफा कति ?

काठमाडौं । नेपाल बंगलादेश बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब २ अर्ब २९ करोड २५ लाख ९३ हजार खुद मुनाफा कमाएको छ ।

 

यो अघिल्लो आव २०७६/७७ को तुलनामा ८४.१७ प्रतिशत अर्थात १ अर्ब ५ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब २४ करोड ४८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन, गैरसंचानन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा उल्लेख्य बढेको हो ।

९ अर्ब ४८ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७६ करोड, रिटेन अर्निङमा १ अर्ब ५९ करोड र सेयर प्रिमियममा १ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ छ।

 

असार मसान्तसम्ममा बैंकले ८७ अर्ब १२ करोड निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३१.१५ प्रतिशत र कर्जा लगानी विस्तार १५.८६ प्रतिशतले सुधार भएको हो। त्यसबाट बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

 

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँले बढेर २६.४६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको
प्रतिसेयर नेटवर्थ १७०.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१३ गुणा, १.५५ प्रतिशत, सीसीडी अनुपात ६७.३७ प्रतिशत, आधारदर ७.४१ प्रतिशत र स्प्रेडदर ३.५५ प्रतिशत रहेको छ ।

के जुत्ताको प्रविधिले म्याराथनको स्वर्ण पदक जित्न सघाउँछ ? Read Previous

के जुत्ताको प्रविधिले म्याराथनको स्वर्ण पदक जित्न सघाउँछ ?

भदौ १ देखि न्यादी हाइड्रोपावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ? Read Next

भदौ १ देखि न्यादी हाइड्रोपावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?