भदौ १ देखि न्यादी हाइड्रोपावरको आइपीओ खुल्ने, कति कित्ता आउँदै छ ?

काठमाडौं । भदौ १ गतेदेखि न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दा र संस्थापक सेयरधनी कम्पनीका कर्मचारीका लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयेजना अतिप्रभावित क्षेत्र लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ (साविक खुदी गाविसका वडा नं. १, २, ३ र ६ मात्र) तथा सोही गाउँपालिकाको वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा र भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयका लागि छुट्याएको छ ।

 

यस्तै, कम्पनीले आयोजना प्रभावित क्षेत्रका रुपमा सो क्षेत्र बाहेक लमजुङ जिल्लावासीका लागि १० लाख, संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता निष्काशन गर्न लागेको हो।

 

कम्पनीको आइपीओमा भदौ १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा भदौ ३० गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

आइपीओमा एनएमबी बैंकको बेँसीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

नेपाल बंगलादेश बैंकको नाफा झन्डै दोब्बरले वृद्धि, वितरण योग्य नाफा कति ? Read Previous

नेपाल बंगलादेश बैंकको नाफा झन्डै दोब्बरले वृद्धि, वितरण योग्य नाफा कति ?

साउन ३२ देखि बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आउँदै Read Next

साउन ३२ देखि बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ आउँदै