काठमाडौं । साउन ३१ गतेदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो। धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा ४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । स्थानीयलाई आइपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणमा सेयर जारी गर्नेछ ।
कम्पनीको आइपीओमा १४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।